https://www.bible.com/bible/1483/MAL.... मलाकी 3 :6 -15 (परमेश्वरलाई लुट्नु) 6“म परमप्रभु कहिल्यै परिवर्तित हुँदिनँ। यसैले हे याकूबका सन्तान हो, तिमीहरू नष्ट भएका छैनौ। 7तिमीहरूका पिता-पुर्खाको समयदेखि नै तिमीहरू मेरा आदेशहरूदेखि तर्केर गएका छौ, र ती तिमीहरूले पालन गरेका छैनौ। मतिर फर्क, र म तिमीहरूतिर फर्कनेछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “तर तिमीहरू त सोध्छौ, ‘हामी कसरी फर्कौं?’ 8“के कुनै मानिसले परमेश्वरलाई लुट्छ र? तापनि तिमीहरू मलाई लुट्दछौ। “तर तिमीहरू सोध्छौ, ‘कसरी हामीले तपाईंलाई लुट्यौं र?’ “दशांशको भेटीमा। 9सराप परेर तिमीहरू श्रापित भयौ, किनकि तिमीहरूले मलाई लुटिरहेछौ— तिमीहरू सम्पूर्ण जातिले। 10सम्पूर्ण दशांश ढुकुटीमा ल्याओ, ताकि मेरो घरमा भोजन रहोस्। यसमा मलाई जाँचेर हेर,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “म स्वर्गका ढोकाहरू उघारेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष् तिमीहरूमाथि बर्साउँछु वा बर्साउँदिनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। 11“म तिमीहरूका अन्नबाली स्वाहा पार्ने रोग निको पारिदिनेछु, र तिमीहरूका बारीमा भएका दाखका बोटका फलहरू झर्नेछैनन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। 12“तब सारा जाति-जातिहरूले तिमीहरूलाई धन्य भन्नेछन्, किनकि तिमीहरूको देश एक अति खुशी देश हुनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। 13“तिमीहरूले मेरो विरुद्धमा कड़ा वचन बोलेका छौ,” परमप्रभु भन्नुहुन्छ। “तरै पनि तिमीहरू सोध्छौ, ‘कुन विषयमा हामीले तपाईंको विरुद्धमा कुरा गरेका छौं र?’ 14“तिमीहरूले भनेका छौ, ‘परमेश्वरको सेवा गर्नु व्यर्थ छ। उहाँको आज्ञापालन गरेर, अनि सर्वशक्तिमान् परमप्रभुको अगि मरेकाहरूका लागि विलाप गरेझैँ हिँड़ेर हामीलाई के लाभ भयो र? 15तर अब त हामी हठीहरूलाई नै सुखी भन्छौं। निश्चय नै दुष्ट काम गर्नेहरू सफल भएका छन्, र परमेश्वरलाई हाँक दिनेहरू उम्कन्छन्।”