Shrawan Mukarung।। Bise Nagarchiko Bayan।। बिसे नगर्चीको बयान - श्रवण मुकारुङ ।। Best Nepali Poem

Shrawan Mukarung।। Bise Nagarchiko Bayan।। बिसे नगर्चीको बयान - श्रवण मुकारुङ ।। Best Nepali Poem

#बिसे_नगर्चीको_बयान #ShrawanMukarung #BiseNagarchikoBayan - श्रवण मुकारुङ Best Nepali Poem कवि श्रवण मुकारुङको कविता- म यो गोरखा राज्यमा अढाई सय वर्षपछि बौलाएँ । मेरो टाउको फनफनी घुमिरहेछ जमीन आकाशतिर आकाश जमीनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शिर दसवटा देखिरहेछु खोई मेरो पैताला कहाँनिर छ - कहाँनिर छ बिसे नगर्ची - मालिक ! म बौलाएँ । मैले त महाराजको सेवा गर्नुपर्ने इतिहासको रक्षा गर्न यो गोरखकालीको पाउ छोएर नुनको सोझो हुनुपर्ने अर्ढाई सय वर्षछि आज के भयो मलाई - यो बिसेलाई दशा लाग्यो मालिक ! म बौलाएँ । नाथे मेरी स्वास्नी हो मारिएकी नाथे मेरी छोरी न हो बलात्कृत भएकी नाथे यो बिसेको झुप्रो न हो जलाईएको यत्तिमै यो बिसे उफ्रिनुपर्ने- थुइक्क बिसे... । म बौलाएँ मालिक ! म बौलाएँ । मेरो हात भाँचियो अब म हजुरका भारदारहरूलाई लवेदा सिउन सक्तिनँ नर्सिङ्गा फुक्न/सनाई बजाउन अथवा कुनै मङ्गलगान वा मृत्युगीत गाउन सक्तिनँ मेरो खुट्टा भाँचियो अब म हजुरको राज्यको पहरा गर्न सक्तिनँ मेरो दिमागै ठीकमा छैन अब म ठिक्कले बोल्न सक्तिन मालिक ! म बौलाएँ । मालिक ! यो गोरखा राज्यअघि उभिएका हिजोका ती अग्लाअग्ला पहाडहरू आज कसरी यस्तरी होचाहोचा भए - हिजोका सग्ला र कल्कलाउँदा यहाँका मानिसहरू आज कसरी यस्तरी खुनी र कुरूप भए - यो दरौदी किन उल्टो बगेको देख्छु - यो दरबारै किन खण्डहरजस्तो देख्छु - म बौलाएँ मालिक ! म बौलाएँ । मालिक ! हजुरको तरबारले टाउको काट्छ कि फूल - भ्रममा परें म हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे - भ्रममा परें म यस राज्यलाई प्रजाले बनायो कि राजाले भ्रममा परें म अर्ढाई सय वर्षेखि म तपाईसमक्ष छु मालिक ! म कसरी आतङ्ककारी हुनसक्छु - म केवल बौलाएँ मालिक ! बौलाएँ । हो मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला रक्सी खाएर यो देश मैले पनि आर्जेको छु भने हुँला भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनें हुँला मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई मेरो नाङ्गो आङ देखाएँ हुँला बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरें हुँला मालिक ! मान्छे बौलाएपछि आफैंसित पनि निहुँ खोज्दोरहेछ अर्ढाई सय वर्षेखि मैले तुनेका थाङ्नामा हुर्केका मेरा दरसन्तानहरू कहाँकहाँ पुगे - मैले खोज्न चाहें हुँला मेरा औंलामा खोपिएका छ्यान्द्रा र बगेका रगतहरूले मलाई उक्साए तरबारले आर्जेको मुलुकभन्दा मैले धागोले उनेको मुलुक विशाल ठानें हुँला मालिक ! यस माटोको इतिहाससँगै म हजुरको राष्ट्रमा छु म कसरी अराष्ट्रिय हुनसक्छु - म साँच्चै बौलाएँ मालिक ! साँच्चै बौलाएँ । मेरो टाउको फनफनी घुमिरहेछ जमीन आकाशतिर आकाश जमीनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शिर दसवटा देखिरहेछु खोई मेरो पैताला कहाँनिर छ - कहाँनिर छ बिसे नगर्ची - मालिक ! म बौलाएँ । Gmail- [email protected] Facebook-  / maheshpandey00   Twitter -  / maheshpandey21