रचनाः सरोज कार्थक संगीतः भक्तराज आचार्य स्वरः भक्तराज आचार्य म कहिं कतै हराएँ भने म त तिमी भित्रै हुन्छु हजारौंमा नखोज्नु मलाई पसारोमा नखोज्नु मलाई म कहिं कतै हराए भने यहाँ हराउने ठाउँ धेरै छ आँखामा हराउँछु कहिले म यहाँ हराउने ठाउँ धेरै छ आँखामा हराउँछु कहिले म नशामा हराउँछु कहिले म हराउँछु कहिले मायामा पनि तर माया मै डराउँछु कहिले म तर माया मै डराउँछु कहिले म म कहिं कतै हराए भने यो मन बुझाउन गार्हो छ कहिले आफैमा भत्किन्छ यो मन बुझाउन गार्हो छ कहिले आफैमा भत्किन्छ कहिले आफैसंग झस्किन्छ निभाउंछ कहिले प्रतिरोधको ज्वाला फेरी सन्तापले आफैमा सल्किन्छ फेरी सन्तापले आफैमा सल्किन्छ म कहिं कतै हराए भने म त तिमी भित्रै हुन्छु हजारौंमा नखोज्नु मलाई पसारोमा नखोज्नु मलाई म कहिं कतै हराए भने